इजरायलद्वारा गाजा युद्धविराम र बन्धक रिहाइको लागि ट्रम्पको योजनालाई अनुमोदन
शुक्रबार, २४ असोज २०८२, ०७ : १४
सारांश
- इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी ट्रम्पको योजनालाई अनुमोदन गरेको छ।
- प्रधानमन्त्री नेतन्याहूको कार्यालयले बन्धक रिहाइको लागि रूपरेखा अनुमोदन गरेको जनाएको छ।
- सम्झौताको पहिलो चरणमा इजरायलले सयौँ प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्ने सहमति भएको छ।
काठमाडौँ । इजरायलले गाजामा युद्धविराम र बन्धक रिहाइ सम्बन्धी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अनुमोदन गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयले विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो ।
'सरकारले सबै (जीवित र मृतक) बन्धकहरूलाई रिहाइको लागि रूपरेखा अनुमोदन गरेको छ' विज्ञप्तिमा भनिएको छ।
यसैबीच, राष्ट्रपति ट्रम्पले इजरायली बन्धकहरू सोमबार वा मंगलबारसम्ममा रिहा हुनसक्ने बताएका छन् । यो सम्झौताको पहिलो चरणमा इजिप्टमा इजरायल र हमासबिच सहमति भएको थियो ।
युद्धविराम र बन्धक रिहाइका अतिरिक्त, सम्झौताको पहिलो चरणमा इजरायलले सयौँ प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ ।
इजरायलले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेसँगै अल्पकालीन र दीर्घकालीन रूपमा धेरै कुराहरू अघि बढेका बीबीसीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण