एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटी बैठक सर्यो
सारांश
- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज भक्तपुरको गुण्डुमा बस्ने भएको छ।
- बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक विषय र आगामी केन्द्रीय कमिटीका एजेन्डाहरू तय हुनेछन्।
- केन्द्रीय कमिटी बैठक असोज २९ देखि ३१ गतेसम्मका लागि सारिएको छ।
भक्तपुर । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज ११ बजे गुण्डुमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डा तय गर्न बैठक आयोजना गरिएको हो ।
यस अघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो । आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरुसँग गरेको भर्चुअल बैठकको जानकारी, वर्तमान सरकारले लिन सक्ने कदम, निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी छ ।
पार्टीका केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीका अनुसार केन्द्रीय कमिटीको बैठकको मिति पनि केही दिन पर सरेको छ । बैठकको तयारी नपुगेकोले असोज २७ गते देखि गर्ने भनिएको बैठक असोज २९ देखि ३१ गतेसम्म बस्नेछ ।
केन्द्रीय कार्यालय च्यासल जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका कारण बैठक स्थल तय भइनसकेको अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण