ओबामादेखि रुजवेल्टसम्म, यी हुन् नोबेल शान्ति पुरस्कार पाउने अमेरिकी राष्ट्रपति
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल पुरस्कारको हकदार भएको दाबी गरेका छन्।
- ट्रम्पले युद्ध रोकेको र शान्ति वार्ताको मध्यस्थता गरेको दाबी गरेका छन्।
- यसअघि थुप्रै अमेरिकी राष्ट्रपतिहरूले नोबेल शान्ति पुरस्कार प्राप्त गरिसकेका छन्।
वासिङ्टन डिसी । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई नोबेल पुरस्कारको हकदार भनिरहेका छन् । विगत केही महिनादेखि उनले यसको लागि पैरवी पनि गरिरहेका छन् ।
विश्वभर युद्ध रोकेको अनि दुई देशहरूबिच शान्ति वार्ताको मध्यस्थता गरेको जिम्मेवारी आफैँ लिएको उनको दाबी छ । अमेरिकी इतिहासमा धेरै राष्ट्रपतिहरूले यो सम्मान पाएका छन्, तर आफू यो पुरस्कारका लागि सबैभन्दा योग्य भएको उनको तर्क छ ।
यी हुन् अमेरिकी इतिहासमा नोबेल शान्ति पुरस्कार पाएका कुन राष्ट्रपतिहरूः
थियोडोर रुजवेल्ट
नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् थियोडोर रुजवेल्ट । १९०६ मा उनलाई यो पुरस्कार प्रदान गरिएको थियो । रुस– जापानी युद्धको समयमा उनको भूमिका र मध्यस्थताको लागि उनले नोबेल पुरस्कार प्राप्त गरेका थिए ।
वुड्रो विल्सन
पहिलो विश्वयुद्धमा प्रमुख भूमिका खेल्ने अमेरिकाका २८ औं राष्ट्रपति वुड्रो विल्सनलाई १९१९ मा नोबेल पुरस्कार प्रदान गरिएको थियो । यो पुरस्कार विश्वभरका देशहरू बिच शान्ति स्थापना र व्यवस्थित गर्न उनको योगदानको सम्मानमा प्रदान गरिएको थियो ।
बराक ओबामा
यो सूचिमा सबैभन्दा पछिल्लो नाम बराक ओबामाको छ । उनलाई २००९ मा यो पुरस्कार दिइएको थियो । पहिलो राष्ट्रपति कार्यकालको नौ महिनाभित्रै उनले यो पुरस्कार पाएका थिए । पर्याप्त कामै नगरेको व्यक्तिलाई यो पुरस्कार दिएको भन्दै विवाद उत्पन्न भएको थियो ।
जिमी कार्टर
ओबामाभन्दा पहिले राष्ट्रपतिको रूपमा सेवा गरेका जिमी कार्टरलाई पनि २००२ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । कार्टर अमेरिकाका ३९ औं राष्ट्रपति थिए, जसलाई पद छोडेको धेरै वर्ष पछि यो पुरस्कारबाट सम्मानित गरिएको थियो । विश्वभर चलिरहेका द्वन्द्वहरूको न्यायपूर्ण समाधान खोजेको र लोकतान्त्रिक मूल्यमान्यताहरूलाई जोड दिएको भन्दै उनलाई नोबेल पुरस्कार प्रदान गरिएको थियो । (एजेन्सीको सहयोगमा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण