हुम्लाको देशीखोलामा जिप दुर्घटना : ९ जना घाइते
शुक्रबार, २४ असोज २०८२, १२ : १६
सारांश
- हुम्लाको देशीखोलामा भएको सवारी दुर्घटनामा नौ जना घाइते भएका छन्।
- कर्णाली प्रदेशको जिप सडकबाट करिब ३०० मिटर तल खसेको थियो।
- उद्धारका लागि प्रहरी टोली घटनास्थलमा खटिएको छ, थप विवरण आउन बाँकी छ।
सुर्खेत । हुम्लाको देशीखोलास्थित भित्री सडक खण्डमा शुक्रबार बिहान ११ बजे भएको सवारी दुर्घटनामा परी ९ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२ ००१ च १०९८ नम्बरको डबल क्याप जिप चंखेली गाउँपालिका–४, देशीखोलामा सडकबाट करिब ३०० मिटर तल खसेको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) शंकर पोखरेलका अनुसार, दुर्घटनामा ९ जना घाइते भएका छन्।
दुर्घटनाको खबर प्राप्त हुनासाथ मेलछाम प्रहरी चौकीबाट सशस्त्र प्रहरीको कमान्डमा पाँच जनाको टोली उद्धारका लागि घटनास्थलमा खटिएको छ। उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण