पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक : सीईओ जोशी
सारांश
- सीईओ दीपकराज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताए।
- जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा भएको क्षतिको स्मरण गर्दै उनले सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताए।
- उनले दैनिक पर्यटक आगमन बढेको र पर्यटन बोर्डले भ्रमण सुरक्षित रहेको सन्देश दिइरहेको बताए।
काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटन क्षेत्रको आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताएका छन् ।
नेपाल पर्वतारोहण सङ्घको ३५ औँ विशेष साधारणसभालाई सम्बोधन गर्दै सीईओ जोशीले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाल पर्यटन क्षेत्रले ठुलो क्षति व्यहोरेको उल्लेख गर्दै आत्मबल बढाउन सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘जेनजी आन्दोलनका क्रममा नेपालको पर्यटन क्षेत्रमा पनि क्षति भएको छ । यसका लागि हामीले पर्यटन क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ ।’
अहिले निजी क्षेत्र र सरकारी निकाय मिलेर पर्यटन क्षेत्रलाई पुनरुत्थान लाग्नुपर्नेसमेत सीईओ जोशीले जानकारी गराएका हुन् । जेनजी आन्दोलन भएको अवधिमा औसत दैनिक पर्यटन आगमन १६ सयमा झरेको र पछिल्लो समय यो सङ्ख्यामा वृद्धि भइरहेकोसमेत उनले जानकारी गराएका छन् ।
उनले भने, ‘सेप्टेम्बर ८ र ९ पछि १६ सयमा झरेको पर्यटक आगमन फेरि दैनिक औसत ४२ सय सम्म पुगेको छ । हामीले नेपाल भ्रमण सुरक्षित रहेको र सबै कुरा सामान्य अवस्थामा आइसकेको सन्देश दिनका लागि पर्यटन बोर्डले काम गरिरहेको छ ।’
सीईओ जोशीले हाम्रो मुलुकमा विगतदेखि हेर्दा हरेक १० वर्षमा कुनै न कुनै सङ्कटबाट गुज्रिनुपरेको अवस्था उल्लेख गर्दै सङ्कटको समयमा पनि काम गर्ने एक स्थायी संरचना आवश्यक रहेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण