सशस्त्रका डीआईजी कालिदास धौवजी अवकाशमा
शनिबार, २५ असोज २०८२, ०९ : १२
सारांश
- सशस्त्र प्रहरी बलका डीआईजी कालिदास धौवजी अनिवार्य अवकाशमा गएका छन्।
- गृह मन्त्रालयका सचिव र सशस्त्रका आईजीले धौवजीलाई बिदाइ गरे।
- धौवजीले ३० वर्षे सेवा अवधि पुरा गरेर अवकाश पाएका हुन्।
काठमाडौँ । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजी अवकाशमा गएका छन् । सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारीबाट अनिवार्य अवकाशमा गएका धौवजीलाई शुक्रवार गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल र सशस्त्रका आईजी राजु अर्यालले बिदाइ गरे ।
गृहसचिव दंगालले हलचोक स्थित सशस्त्रको हेडक्वार्टर निरीक्षणको क्रममा धौवजीको बिदाइ गर्दै अवकाशपछिको जीवन सुखमय रहोस् भनेर शुभकामना व्यक्त गरे । धौवजी ३० वर्षे सेवा अवधि पुरा गरेर अनिवार्य अवकाशमा गएका हुन् ।
उनी २०५२ असोजमा नेपाल प्रहरीमा प्रवेश गरेर सशस्त्रतर्फ स्थानान्तरण भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण