मानव सेवा आश्रममा एक पुरुषको मृत्यु
शनिबार, २५ असोज २०८२, १२ : ४५
सारांश
- झापाको मेचीनगरमा रहेको मानव सेवा आश्रममा एक व्यक्तिको मृत्यु भएको छ।
- शिवसताक्षी नगरपालिकाले उद्धार गरेका ५३ वर्षीय आश्रेफुल मुस्लिमको आश्रममा सुतिरहेको अवस्थामा मृत्यु भयो।
- आश्रममा एक वर्षको अवधिमा ११ जना आश्रितको मृत्यु भइसकेको छ।
सुरुङ्गा । मानव सेवा आश्रममा आश्रित एक व्यक्तिको मृत्यु भएको छ । मानव सेवा आश्रम झापाको मेचीनगर नगरपालिका–४ मा सञ्चालित छ ।
शिवसताक्षी नगरपालिकाले उद्धार गरेर पठाएका ५३ वर्षीया आश्रेफुल मुस्लिमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनको आश्रममा सुतिरहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
असोज २० गते उनलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी मानव सेवा आश्रममा पठाएको थियो । योसँगै करिब एक वर्षको अवधिमा मानव सेवा आश्रममा ११ जना आश्रितको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण