‘असली’ युवालाई निषेध गरे विद्रोह गर्ने राजसंस्था पक्षधर जेनजी एलायन्सकाे चेतावनी
सारांश
- जेनजी एलायन्स फर मोनार्कीले वर्तमान सरकार र राजनीतिक नेतृत्वलाई देशभक्तहरूलाई बेवास्ता गरेको आरोप लगाएको छ।
- समूहले राष्ट्रपति र प्रधानमन्त्रीले 'विदेशी एजेन्ट' हरूसँग वार्ता गरिरहेको र आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेको छ।
- उनीहरूले राजसंस्थालाई अभिभावकीय भूमिका दिनुपर्ने र सर्वपक्षीय सहमति खोज्नुपर्ने माग गरेका छन्, अन्यथा विद्रोह हुने चेतावनी दिएका छन्।
काठमाडौँ । ‘जेनजी एलायन्स फर मोनार्की’ नामक समूहले वर्तमान सरकार र राजनीतिक नेतृत्वले वास्तविक देशभक्त र राष्ट्रवादी जेनजीहरूलाई निषेध गरी ‘विद्रोहमा जान बाध्य’ पारिरहेको चेतावनी दिएको छ । उनीहरूले अहिले राष्ट्रपति र प्रधानमन्त्रीले जेनजी समूहसँग वार्ता र छलफल भन्दै दलका कार्यकर्ता र ‘विदेशी एजेन्ट’ हरूसँग छलफल गरिरहेको आरोप लगाएका छन् ।
समूहले छलफलमा सहभागी भइरहेका भनिएका प्रतिनिधिहरू विभिन्न पार्टीका नेताद्वारा परिचालित, भ्रष्ट नेता र दलका कार्यक्रममा सहभागी भएको प्रमाण रहेको दाबी गरेको छ। उनीहरूका अनुसार, छलफलमा बोलाइएका प्रतिनिधिहरू दलसँग आबद्ध विद्यार्थी सङ्गठनको टिकट लिएर चुनाव लडेका वा नेपालको हित विपरीत चलेका विदेशी आईएनजीओको सदस्य मात्र छन्।
तर, आन्दोलनमा सहादत प्राप्त गर्ने शहीद र घाइते योद्धाहरूचाहिँ कुनै पनि भ्रष्ट नेता र दलसँग आबद्ध नभएको र विदेशी एजेन्ट आईएनजीओको सदस्य नभएको सो समूहको भनाइ छ । यसबाट लड्नेहरू सच्चा देशभक्त रहेको र मौकाको फाइदा उठाउनेहरू पुरानै भ्रष्टताको पक्षमा रहेको स्पष्ट हुने उनीहरूले दाबी गरेका छन्।
आन्दोलनमा मर्ने र घाइतेहरूमध्ये अधिकांश राजसंस्थाको पक्षमा रहेको दाबी गर्दै समूहले देशमा राजसंस्था तथा राजसंस्थावादी शक्ति पनि एउटा शक्ति हो, यसलाई निषेध नगरियोस् भन्ने माग राखेको छ। उनीहरूले राजसंस्थालाई अभिभावकीय भूमिका प्रदान गरेर अघि नबढेमा देश नरहने निष्कर्ष निकालेका छन्।
जेनजी एलायन्स फर मोनार्कीले आफूहरू बाहेकको कुनै पनि सहमति वा वार्ताले अर्को विद्रोह निश्चित हुने चेतावनी दिएको छ। उनीहरूले राष्ट्रपति, प्रधानमन्त्री, दलहरू र सञ्चारमाध्यम सबैलाई यथाशीघ्र सबै शक्ति समेटिएको अन्तरिम शासन विधान जारी गरी चुनाव पूर्व नै सर्वपक्षीय शान्तिपूर्ण सहमति खोज्न विनम्र निवेदन गरेका छन्।
प्रवक्ता सनातन रिजालद्वारा जारी अपिलमा एकपक्षीय वार्ताको षड्यन्त्र तत्काल रोक्न माग गर्दै, अन्यथा भविष्यमा हुने क्षतिको जिम्मेवारी सो प्रक्रियामा संलग्न सबै पक्षले लिनुपर्ने चेतावनी समेत दिइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण