काठमाडौँ उपत्यकासहित चार ठाउँबाट जुवातास खेलिरहेका २३ जना पक्राउ
सारांश
- विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ परेका छन्।
- भक्तपुर, ललितपुर, सुर्खेत र बाँकेबाट नगद र तास बरामद गरिएको छ।
- प्रहरीले पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । देशका विभिन्न चार स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट ठूलो मात्रामा नगद र तासका बुकहरू बरामद गरेको छ।
भक्तपुरको भक्तपुर नगरपालिका-२ दुधपाटीस्थित ४२ वर्षीय अनिल कोजुले सञ्चालन गरेको दरबार स्केट हाउसबाट अनिलसहित ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट ४७ हजार ६ सय ७५ रुपैयाँ नगद र ३ बुक तास बरामद भएको छ।
यस्तै ललितपुरको गोदावरी नगरपालिका-२ पात्लेछापस्थित ३६ वर्षीय रोशन तामाङको घरबाट शुक्रबार राति रोशनसहित ६ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूबाट ३२ हजार ९ सय ६० रुपैयाँ नगद र १ बुक तास नियन्त्रणमा लिएको छ।
त्यसैगरी, सुर्खेत को वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइलीस्थित ५५ वर्षीय सशिधर जैसीको घरबाट शुक्रबार दिउँसो सशिधरसहित ३ जना पक्राउ परेका छन्। उनीहरूबाट ७१ हजार ७ सय ६० रुपैयाँ नगद र १० बुक तास बरामद भएको छ।
उता, बाँकेको खजुरा गाउँपालिका-४ डि गाउँस्थित एक टहरोमा जुवा खेलिरहेको अवस्थामा जानकी गाउँपालिका-५ बस्ने ४० वर्षीय कृष्ण चौधरीसहित ५ जना लाई गए राति प्रहरीले पक्राउ गरेको छ। उनीहरूबाट ४७ हजार ३० रुपैयाँ नगद र १ बुक तास बरामद भएको छ।
पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण