झापाको केराबारीमा बोराभित्र ५५ राउण्ड गोली बरामद
शनिबार, २५ असोज २०८२, १८ : १५
सारांश
- झापाको कमल गाउँपालिकामा प्रहरीले एसएलआर राइफलको ५५ राउण्ड गोली बरामद गरेको छ।
- स्थानीय गङ्गाप्रसाद पाण्डेले गोली फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
- प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।
झापा । झापाको कमल गाउँपालिका-७, रङ्गपुरस्थित केराबारीबाट प्रहरीले एसएलआर राइफलका ५५ राउण्ड गोली बरामद गरेको छ।
स्थानीय ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले गए राति आफ्नो केराबारीमा सेतो बोराभित्र गोली फेला पारेको बारे प्रहरीलाई जानकारी गराएका थिए।
पाण्डेको सूचनाका आधारमा आज बिहान इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले बोरामा राखिएको अवस्थामा ती गोलीहरू बरामद गरेको जिल्ला प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। प्रहरीले यस विषयमा थप अनुसन्धान सुरु गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार ३० दिन केरा खाँदा शरीरमा आउँछन् यस्ता परिवर्तन
-
नयाँ योजनाभन्दा पुराना कार्यक्रमलाई अभियानका रूपमा निरन्तरता दिँदै धनगढी उपमहानगर
-
रौतहट प्रहरीको वार्षिक उपलब्धि : ६ करोडको तस्करीका सामान बरामद, ४४८ फरार प्रतिवादी पक्राउ
-
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
-
रुसद्वारा युक्रेनमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार, कम्तीमा आठ जनाको मृत्यु
-
इराकमा भएको इरानी आक्रमणमा एक अमेरिकी सैनिकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण