जेलेन्स्कीद्वारा ट्रम्पलाई युक्रेनमा शान्तिको मध्यस्थता गर्न आग्रह
सारांश
- युक्रेनका राष्ट्रपति जेलेन्स्कीले ट्रम्पलाई युक्रेनमा शान्ति कायम गर्न आग्रह गरेका छन्।
- जेलेन्स्कीले फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै युद्ध रोक्न पहल गर्न आग्रह गरेका हुन्।
- पछिल्लो समय दुई नेताबीचको सम्बन्धमा सुधार आएको छ, ट्रम्पले जेलेन्स्कीलाई समर्थन जनाएका छन्।
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्पलाई मध्यपूर्वमा जस्तै युक्रेनमा शान्ति कायम गर्ने पहल गर्न आग्रह गरेका छन् ।
राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुकमा ट्रम्पलाई सम्बोधन गर्दै लेखेका छन्, ‘यदि कुनै एक क्षेत्रमा युद्ध रोक्न सकिन्छ भने निश्चित रूपमा अन्य (रुस–युक्रेन) युद्ध पनि रोक्न सकिन्छ।’
दुई नेताहरूबिचको सम्बन्धमा फेब्रुअरीमा नाटकीय रूपमा तनाव देखिए पनि अहिले उनीहरूबिच सम्बन्धमा न्यानोपन आएको छ। उनीहरूबिच ह्वाइट हाउसमा भएको प्रत्यक्ष वार्तामा भनाभनको अवस्था सिर्जना भएको थियो।
यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्पले पछिल्ला केही महिना यता जेलेन्स्कीलाई ‘राम्रो मान्छे’ भन्दै युक्रेनको लागि समर्थन कायम राखेका छन्। युक्रेन सन् २०२२ देखि रुसी आक्रमणविरुद्ध लडिरहेको छ।
यसअघि दुई नेताबिच गत सेप्टेम्बरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा भेटवार्ता भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण