हाइसेन्स नेपाल सायम अन्तरकलेज फुटसलमा २८ टिम
सारांश
- सायम कलेजले हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगिता आयोजना गर्दैछ, जसमा २८ टिमको सहभागिता रहनेछ।
- प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गर्ने टिमले नगद पुरस्कार प्राप्त गर्नेछन्, उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई पनि पुरस्कार प्रदान गरिनेछ।
- भक्तपुरको रोयल नेपाल फुटसलमा हुने तीन दिने प्रतियोगितामा करिब ५ लाख ५० हजार खर्च हुने अनुमान छ।
काठमाडौँ । सायम कलेजको आयोजनामा हुने हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन ए साइड फुटसल प्रतियोगितामा २८ छात्र टिमको सहभागिता रहने भएको छ । प्रतियोगिता बुधबारदेखि सुरु हुनेछ ।
प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी गराउन सोमबार आयोजित पत्रकार सम्मेलनमा सायमका प्रिन्सिपल अशोकराज पाण्डेले पहिलो संस्करणमा २८ टिमको सहभागिता निश्चित भएको जानकारी गराए । प्रिन्सिपल पाण्डेले विद्यार्थीको क्षमता बढाउन कलेजले विद्यार्थीले गर्ने हरेक कार्यक्रममा भरपुर सहयोग गर्दै आएको बताए ।
सहभागी टिमलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । हाइसेन्स मुख्य प्रायोजक रहेको प्रतियोगितामा स्नातक तह सेमेस्टर प्रणालीका कलेजका टिम सहभागी हुने छन् ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ९० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान ३–३ हजार नगद पुरस्कारसहित गिफ्ट भौचर प्राप्त गर्ने छन् । उत्कृष्ट प्रशिक्षकले ट्रफीसहित गिफ्ट भौचर पाउने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ५० हजार खर्च हुने सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठले जानकारी दिए । तीन दिने प्रतियोगिताका खेलहरू भक्तपुरको दिब्येश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसलमा हुनेछ।
सायम प्रिमियर लिग इन्ट्रा कलेज क्रिकेटको पाँचौँ संस्करण सफलतापूर्वक आयोजना गरिसकेको सायमले पहिलोपटक फुटसल आयोजना गर्न लागेको प्रतियोगिता संयोजक दशरथ शाहीले बताए । प्रायोजकमा एथर इनर्जी, पठाउ नेपाल, उप्स नेपाल, मेडेक्स मल्टी स्पेसिएलिटी क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, पार्क भिलेज रिसोर्ट, सूर्य नेपाल, जस्मिन पेन्ट्स र बेन नेभिस रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण