प्रतिस्पर्धात्मक इतिहास भएका नेपाल र यूएई ‘सुपर सिक्स’ मा भिड्दै
सारांश
- आईसीसी पुरुष टी-२० विश्वकप एसिया छनोटको सुपर सिक्स आइतबारबाट सुरु हुँदैछ, जसमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्नेछ।
- नेपाल र यूएईबीचको खेल ओमानमा हुनेछ, जहाँ दुवै टोलीले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका छन्।
- टी-२० अन्तर्राष्ट्रिय खेलहरूमा नेपाल र यूएईको हेड-टु-हेड रेकर्ड बराबरी छ, तर पछिल्लो भेटमा नेपालले यूएईलाई हराएको थियो।
काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप एसिया तथा ईएपी छनोटको ‘सुपर सिक्स’ चरण आइतबारदेखि सुरु हुँदैछ । यो सुपर सिक्सबाट आगामी वर्ष भारत र श्रीलंकामा हुने विश्वव्यापी प्रतियोगिताका लागि अन्तिम तीन स्थानको टुङ्गो लाग्नेछ।
आइतबार हुने पहिलो खेलमा ओमान र कतार आमनेसामने हुनेछन् भने दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी यूएईको सामना गर्नेछ । नेपाल र यूएईबिचको खेल ओमानको अल अमेरात क्रिकेट मैदान (मिनिस्ट्री टर्फ १) मा यो महत्त्वपूर्ण खेल नेपाली समयअनुसार बेलुका ४:१५ बजे सुरु हुनेछ।
नेपाल र यूएईको यात्रा
नेपालले पहिलो खेलमा कुवेतलाई पन्छाएपछि समूहको शीर्ष स्थानका लागि भएको प्रतिस्पर्धामा जापानलाई पनि हराएको थियो। जापानविरुद्ध १३२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ९० रनमा ५ विकेट गुमाएर केही धर्मराएको थियो। तर, गुल्सन झा (२० बलमा २८ रन अविजित) र दीपेन्द्र सिंह ऐरी (१४ रन अविजित) ले शान्त प्रदर्शन गर्दै टोलीलाई जित दिलाए। जापानका कप्तान केन्डेल काडोवाकी-फ्लेमिङले ६० रन बनाए पनि स्पिनर सन्दीप लामिछाने र गुल्सन झाले जापानको रन गति नियन्त्रणमा राखेका थिए।

यूएईले कतार र मलेसियालाई हराउँदै समूहको शीर्ष स्थानमा रह्यो। मलेसियाविरुद्धको खेलमा कप्तान मोहम्मद वसिमले ५३ बलमा ८४ रन को विस्फोटक इनिङ्स खेल्दै टोलीलाई जित दिलाए।
हेड टू हेड
यो प्रतियोगिताको एक महत्त्वपूर्ण खेल हुनेछ, किनकि दुवै टोलीले समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका छन्। त्यसमाथि यी दुई टोलीको क्रिकेट इतिहास निकै प्रतिस्पर्धात्मक छ।
विशेष गरी टी-२० अन्तर्राष्ट्रिय खेलहरूमा उनीहरूको हेड-टु-हेड रेकर्ड बराबरी छ। हालसम्म खेलिएका १० टी-२० अन्तर्राष्ट्रिय खेलमा दुवै टोलीले ५-५ जित हासिल गरेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा भने नेपाल केही अगाडि छ, जहाँ १५ खेलमध्ये ९ खेल जितेको छ।

पछिल्लो समयको भेटमा पनि कडा प्रतिस्पर्धा देखिएको छ। सन् २०२३ अक्टोबरमा भएको एक त्रिकोणात्मक शृङ्खलामा नेपालले यूएईलाई दुई खेलमा हराएको थियो, तर शृङ्खलाको फाइनलमा भने यूएई ४ विकेटले विजयी भएको थियो।
यस्तै, २०२३ आईसीसी पुरुष टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराएको थियो। यद्यपि, २०२४ को एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनलमा भने यूएईले नेपाललाई पराजित गरेको थियो।

नेपाल, यूएई र ओमान समूह चरणमा अपराजित रहँदै सुपर सिक्स चरणमा प्रवेश गरेकाले यी तीन टोलीले समूहमा दोस्रो स्थानमा रहेका टोलीहरू (क्रमशः कतार, जापान र सामोआ) लाई हराएका कारण २-२ क्यारी ओभर अङ्क लिएर अर्को चरणमा प्रवेश गरेका छन्।

समूह चरणमा तेस्रो स्थानमा रहेका कुवेत, मलेसिया र टी-२० विश्वकप २०२४ मा सहभागी पपुवा न्युगिनी (पीएनजी) भने प्रतियोगिताबाट बाहिरिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण