मखमली फूलको मालाको मूल्य निर्धारण गर्न किसानको माग, उचित मूल्य नपाएको गुनासो
सारांश
- तिहार नजिकिँदै गर्दा भक्तपुरका किसान मखमली फूलको माला बनाउन व्यस्त छन्।
- फूलको माग बढे पनि किसानले मालाको उचित मूल्य पाउन सकेका छैनन्, मूल्य घट्दै गएको गुनासो छ।
- किसानहरूले सरकारले बजार अनुगमन गरी उचित मूल्य निर्धारण गर्नुपर्ने माग गरेका छन्।
काठमाडौँ । नेपालीहरूको दोस्रो ठुलो पर्व अर्थात फूलहरूको पर्व तिहार नजिकिँदै गएको छ । तिहारमा मखमली, सयपत्री, गोदावरी फूलको माला अधिक प्रयोग हुने गर्दछ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुका अधिकांश किसान यतिबेला मखमलीको फूल टिपेर माला उन्नमा व्यस्त देखिन्छन् । तिहारमा मखमली फूलको मालाको अधिक प्रयोग र माग हुने गरेको छ । तर फूल उत्पादन किसानले उचित मूल्य भने पाउन सकेका छैनन् । गुण्डुका अधिकांश किसानले मखमली फूलको खेती गरेका छन् । किसान शहदेव बस्नेतले पछिल्लो वर्षमा परिश्रमअनुसार मालामा उचित मूल्य नपाएको गुनासो गरे ।
पछिल्लो तीन/चार वर्षदेखि मालाको मूल्य क्रमशः ओरालो लागेको उनले बताए । उनकाअनुसार १० वर्ष अगाडीसम्म मालाको मूल्य प्रतिगोटा ३३ रुपैयाँसम्म थियो । तर हाल प्रतिगोटा १८ रुपैयाँदेखि २३ रुपैयाँसम्ममा माला विक्री हुने गरेको उनले बताए ।
किसान गंगा थापाको गुनासो पनि बस्नेतको जस्तै छ । उनले पनि दुःख गरेअनुसार मालाको मूल्य पाउन नसकेको बताइन् । २० वर्षदेखि मखमलीको खेती गर्दै आएकी उनले मालामा खासै नाफा कमाउन नसकेको बताइन् । उनले मालाको मूल्य निर्धारण गर्न सरकारसँग माग पनि गरिन् ।
किसान निर्मला बस्नेतले गतवर्षको भन्दा यस वर्ष मालाको माग धेरै रहेको बताइन् । माला लिनको लागि व्यापारीहरू घरमा नै आउने उनको भनाई छ । उनले यसवर्ष १ हजार २ सय वटा माला बेचिसकेको जानकारी दिइन् । उनले गतसाल दुई हजार माला बेचेकी थिइन् । मालाको निर्धारित मूल्यदर नहुँदा बिचौलियाहरूलाई मात्रै फाइदा भएको उनको गुनासो छ ।
फूल उत्पादक किसानले सरकारले बजार अनुगमन गर्नुपर्ने आवश्यकता औँल्याए । उनीहरुले बिचौलियाका कारण किसानले उचित मूल्य नपाउने र उपभोक्ताहरू मंहगोमा पर्ने समस्या खडा भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण