अस्पतालमा बन्धक बनेका माझीलाई गरुडाका मेयरले गरे उद्धार
सारांश
- रौतहटको गरुडा नगरपालिकाका मेयरले आर्थिक अभावका कारण अस्पतालमा बन्धक परेका एक बिरामीलाई उद्धार गरेका छन्।
- मेयर जैसवालले बिरामीको ३ लाख ५० हजारभन्दा बढीको बिल तिरेर उनलाई अस्पतालबाट मुक्त गराए।
- उद्धारपछि बिरामीलाई गरुडा नगरपालिकाको एम्बुलेन्स मार्फत घर पुर्याइयो।
रौतहट । रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले आर्थिक अभावका कारण अस्पतालमा बन्धक बनेका एक बिरामीलाई उद्धार गरेका छन्।
गरुडा ६ का शम्भु माझी करिब तीन महिनादेखि उपचाररत रहेको वीरगंजस्थित एलएस न्युरो अस्पतालमा ३ लाख ५० हजारभन्दा बढीको बिल तिर्न नसकेर बन्धक बनेका थिए।
बिरामीको परिवारले सहयोगका लागि वडा अध्यक्ष रामबाबु चौधरीमार्फत मेयर जैसवाललाई अनुरोध गरेपछि मेयर जैसवालले आज अस्पतालको सम्पूर्ण बिल भुक्तानी गरी शम्भु माझीको उद्धार गरेका हुन्। अस्पतालबाट छुटेपछि शम्भु माझीलाई गरुडा नगरपालिकाको एम्बुलेन्समार्फत सुरक्षित रूपमा घर ल्याइएको वडा अध्यक्ष चौधरीले बताए।
वडा अध्यक्ष चौधरीले भने, “शम्भुको परिवार निकै विपन्न अवस्थाको हो। मेयर जैसवालले देखाएको मानवीय संवेदनशीलता साँच्चिकै प्रशंसनीय छ।”
उद्धारपछि नगरप्रमुख जैसवालले भने, “जनताको दुःख–सुखमा सधैँ साथ दिनु नै जनप्रतिनिधिको कर्तव्य हो। कुनै नागरिक आर्थिक अभावमा स्वास्थ्य उपचारबाट वञ्चित हुनु हुँदैन।”
माझीको शरीरको विभिन्न भागको हड्डी भाँच्चिएर गम्भीर अवस्थामा एल एस न्युरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण