राष्ट्रपति पौडेल डिस्चार्ज
आइतबार, २६ असोज २०८२, १२ : २६
काठमाडौँ । स्वास्थ्यमा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आइतबार डिस्चार्ज भएका छन् । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेल उपचारपछि डिस्चार्ज भएको जानकारी दिएको हो।
स्वास्थ्यमा समस्या आएपछि सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण तथा उपचारपछि अवस्था सामान्य बनेकोले आज दिनको १२ः ३० बजे डिस्चार्ज गरिएको कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले जानकारी गराएका छन् ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण