ललितपुरमा गोदावरी फूल प्रदर्शनी हुने
आइतबार, २६ असोज २०८२, १३ : ४८
सारांश
- ललितपुरमा १८ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२ आयोजना हुने भएको छ।
- प्रदर्शनी असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म जावलाखेलको खेल मैदानमा हुनेछ।
- प्रदर्शनीमा ८० वटा व्यावसायिक स्टल, ५ वटा अफिसियल स्टल लगायत ९० वटा प्रदर्शनी कक्ष रहनेछन्।
काठमाडौँ । ललितपुरमा १८ औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी २०८२ आयोजना हुने भएको छ । असोज २९ गतेदेखि कात्तिक २ गतेसम्म ललितपुरको जावलाखेलको खेल मैदानमा फूल प्रदर्शनी हुने भएको हो ।
आइतबार फ्लोरिकल्चर एसोसिएसन नेपालले एक पत्रकार सम्मेलनको आयोजना गरी सो प्रदर्शनी नेपालको एक मात्र बृहत् गोदावरी फूल प्रदर्शनी भएको रहेको जानकारी दिएको छ ।
प्रदर्शनीमा ८० वटा व्यावसायिक स्टल, एउटा प्लान्ट क्लिनिक स्टल, ५ वटा अफिसियल स्टल, २ वटा प्रतियोगितात्मक स्टल र २ वटा फोटो सेल्फी स्टल गरी ९० वटा प्रदर्शनी कक्ष रहने जनाइएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजना गरिएको सो प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल बिरुवाहरू प्रदर्शित र बिक्री वितरण हुने जनाइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण