सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

मुग्लिन–नारायणगढ सडकमा लेन अनुशासनमा सवारी चलाउन आग्रह

आइतबार, २६ असोज २०८२, १४ : ४१
आइतबार, २६ असोज २०८२

काठमाडौँ । सडक डिभिजन भरतपुरले मुग्लिन–नारायणगढ सडक खण्डमा लेन अनुशासनमा सही सवारी चलाउन आग्रह गरेको छ । 

आइतबार एक सूचना जारी गर्दै तुइन खोला नजिकैको पहिरोको जोखिम कायमै रहेकाले लेन अनुशासन कायम गर्न आग्रह गरेको हो । 

डिभिजनले सूचनामा भनेको छ,‘मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोला पुल नजिकै यो वर्ष सबैभन्दा बढी दुःख दिएको पहिरोको स्थान हालको अवस्था । पहिरोको जोखिम कायमै रहेकाले कृपया लेन अनुशासनमा रही सवारीसाधन चलाउनुहुन अनुरोध गरिन्छ ।’

यो वर्षको चाडपर्वको मुखमा पटक–पटक पहिरो जाँदा उक्त सडकमा यात्रुहरूले निकै सास्ती भोग्नु परेको थियो ।

पहिरो पन्छाएर सञ्चालनमा ल्याएपछि अलि अवस्था सामान्य रहेको छ । हाल उक्त स्थानमा दुई तर्फी यातायात सञ्चालनमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप