कति छ त्रिविको जग्गा ? (विवरणसहित)
सारांश
- त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले देशभरका क्याम्पस र शैक्षिक संरचनाका लागि हजारौँ रोपनी जग्गा ओगटेको छ।
- अझै पनि त्रिविको नाममा जग्गा दर्ता हुन बाँकी रहेको र केही जग्गा विवादमा परेका छन्।
- विभिन्न व्यक्ति र संस्थाहरूले त्रिविको जग्गा अनधिकृत रूपमा प्रयोग गरेको पाइएको छ।
काठमाडौँ । देशकै पुरानो र सबैभन्दा ठुलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले देशभर फैलिएका आङ्गिक क्याम्पस र शैक्षिक संरचनाका लागि उल्लेख्य मात्रामा जग्गा स्वामित्वमा लिएको पाइएको छ ।
तर, अझै पनि विश्वविद्यालयका नाममा दर्ता हुन बाँकी र विवादमा परेका जग्गा थुप्रै छन् । शिक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको ’त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति’को प्रतिवेदनमा त्रिविको स्वामित्वमा कीर्तिपुर परिसर, काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न क्याम्पसहरू गरी हजारौँ रोपनी जग्गा रहेको उल्लेख छ ।
त्रिविको स्वामित्वमा रहेको जग्गा
कीर्तिपुर परिसर क्षेत्रः ५०५० रोपनी ३ आना १ पैसा १ दाम
कीर्तिपुरबाहिर (नेपाल कमर्श क्याम्पस, ललितपुर) : २१ रोपनी ११ आना
काठमाडौँ उपत्यकाका २१ क्याम्पसहरू: १२५३ रोपनी १३ आना २ पैसा १ दाम
उपत्यका बाहिरका २६ क्याम्पसहरू (४० मध्ये) : १०,३३२ रोपनी १५ आना १ पैसा १.८९ दाम
तर, विभिन्न दाताबाट प्राप्त वा विश्वविद्यालयलाई सुम्पिएका केही जग्गा अझै पनि पूर्ण रूपमा त्रिविको नाममा दर्ता हुन सकेका छैनन् । तीमध्ये कपन क्षेत्रमा रहेको हेमराज शर्माको स्मृतिमा केर्रीराज र किरणकुमारी पाण्डेद्वारा त्रिविलाई दान गर्ने भनिएको जग्गा हालसम्म दर्ता भएको छैन ।
यसैगरी लुभु क्षेत्रमा श्री ५ जिजु मुमा बडामहारानीद्वयबाट वि.सं. २०१३ मा त्रिविलाई चन्दा स्वरूप जग्गा दिइएको भनिएको छ । तर स्वामित्व अस्पष्ट रहेको छ ।
यसैगरी स्वयम्भू क्षेत्रमा प्राकृतिक विज्ञान संग्रहालयले प्रयोग गर्दै आएको जग्गा छ । तर पुर्जा त्रिविको नाममा जारी हुन बाँकी रहेको समितिको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी नयाँ नैकाप भञ्ज्याङमा दाताद्वारा शिक्षाका लागि अर्पण गरिएको जग्गा कानुनी प्रक्रियामा अड्किएको छ । सर्वोच्च अदालतले त्रिविलाई हितग्राही ठहर गरे पनि जग्गा अझै विवादग्रस्त रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी कागजातका विभिन्न पृष्ठमा त्रिविको जग्गा विभिन्न संस्थाले अनधिकृत रूपमा प्रयोग गरेको विवरणसमेत उल्लेख छ ।
ल्याब स्कूलले १०९ रोपनी त्रिविको जग्गा विद्यालयले फिर्ता नगरेको,राधास्वामी सत्संग ब्यास नेपालले बागमती किनारमा १८ रोपनी कब्जा गरी बसोबास गरेको, नेपाल प्राध्यापक सङ्घले अस्पतालका लागि छुट्याइएको जग्गा पार्किङमा रूपान्तरण गरी मासिक भाडा असुलेको जस्ता विषय पनि प्रतिवेदनमा समेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण