ढाडको दुखाइ कम गर्न महिलाले निलिन् आठ वटा जिउँदो भ्यागुता
सारांश
- चीनमा एक वृद्ध महिलाले ढाड दुखाई कम गर्न आठ वटा भ्यागुता निलेकी थिइन्।
- भ्यागुता खाएपछि पेट दुखेर अस्पताल भर्ना भएकी महिलाको शरीरमा परजीवी संक्रमण देखियो।
- दुई हप्ताको उपचारपछि महिला निको भइन्, डाक्टरहरूले यस घटनालाई लोक उपचारको जोखिमबारे सचेत गराए।
बेइजिङ । कुनै पनि स्वास्थ्य समस्या भयो भने हामी दुखाई कम गर्ने औषधि खाम्छौँ । चाहे टाउको दुखेको होस् वा ढाड, दुखाई कम हुने सङ्केत मिलेन भने डाक्टरकहाँ जँचाउनु जान्छौँ । तर चीनमा भने एक जना महिलाले ढाड दुखेको कम गर्न जिउँदो भ्यागुता निलिन् ।
उनले एउटा होइन, आठ वटा भ्यागुता निलेकी थिइन् । यसपछि उनलाई अस्पतालमा लैजानु पर्यो ।
यो घटना चीनको झेजियाङ प्रान्तको हाङझाउको हो । झाङ थर भएकी ती वृद्ध महिलाले जिउँदो भ्यागुता खायो भने ढाड दुखेको निको हुन्छ भन्ने अफवाह सुनेकी थिइन् । महिलाले आफ्ना केही आफन्तलाई ठिक आकारको भ्यागुता समातिदिन आग्रह गरिन् ।
आफूलाई भ्यागुता किन चाहिएको हो भनेर चाहिँ उनले बताएकी थिइनन् । एक दिन उनले पाँचवटा जीवित भ्यागुता निलिन् । त्यसको भोलिपल्ट अरू तीनवटा निलिन् । केही समयपछि उनलाई असह्य हुने गरी पेट दुख्न थाल्यो । सुरुमा, झाङले आफ्नो पेटमा थोरै असुविधा महसुस गरिन् । तर पछिल्ला दिनहरूमा दुखाइको तीव्रता बढ्दै गयो । पीडा सहन नसक्ने भएपछि मात्रै उनले आफ्नो परिवारसामु आफूले आठ वटा जीवित भ्यागुता निलेको स्वीकार गरिन् ।
त्यसपछि उनलाई झेजियाङ विश्वविद्यालयसम्बद्ध अस्पताल लगियो । डाक्टरहरूले परीक्षण गरे । यस क्रममा उनको शरीरमा अस्वाभाविक मात्रामा अक्सिफिल कोष भेटियो । परजीवी सङ्क्रमण वा रक्त विकार भएको अवस्थामा यो कोष भेटिन्छ ।
जिउँदो भ्यागुताहरू निल्दा वृद्धाको पाचन प्रणालीमा क्षति पुग्यो र परजीवी उनको शरीरमा प्रवेश गरेको एक डाक्टरले पत्रकारहरूलाई बताए । बिरामी स्पार्गनम टेपवर्मबाट सङ्क्रमित भएको थपे । जिउँदो भ्यागुता वा सर्पको सम्पर्कमा आउने मानिसहरू यो टेपवर्मबाट सङ्क्रमित हुन्छन् ।
अस्पतालमा दुई हप्ता बिताएपछि बल्ल महिला पूर्ण रूपमा निको भइन् र उनलाई डिस्चार्ज गरियो । मान्छेहरूले भ्यागुता निल्नुको साथै सर्पको पित्त, काँचो माछाको पित्त पनि खान्छन्, वा भ्यागुताको छालाले आफ्नो शरीर छोप्ने गरेको एक डाक्टरले भनेका छन् । यीमध्ये धेरैजसो वृद्ध हुन्छन् । आफ्नो स्वास्थ्य अवस्थाबारे आफ्ना छोराछोरी/नातिनातिनाहरूसँग विरलै छलफल गर्छन् । गम्भीर बिरामी भएपछि मात्रै उनीहरू अस्पताल जान्छन् । डाक्टरहरूले उनको यो केसलाई लोक उपचारको जोखिमबारे सावधानी कथाको रूपमा प्रयोग गर्न चाहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण