बन्धकहरूलाई कतिबेला गरिनेछ रिहा ? यसबारे कसले के भने ?
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पको मध्यस्थतामा हमासले इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ।
- हमासलाई बन्धकहरू रिहा गर्न सोमबार दिउँसो १२:०० बजेसम्मको समयसीमा दिइएको छ।
- हमासले मरवान बरघूती र अहमद सादात लगायत सात उच्च प्रोफाइल कैदीहरूको रिहाइको माग गरेको छ।
तेल अभिभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्झौतापछि हमासले सबै इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ । रिहाइको निश्चित समय स्पष्ट नभए पनि इजरायल, हमास र अमेरिका तीनै पक्षबाट बयानहरू आएका छन् ।
बन्धकहरूलाई रिहा गर्नका लागि हमासलाई स्थानीय समयअनुसार सोमबार दिउँसो १२:०० बजे सम्मको समयसीमा दिइएको छ । इजरायली सरकारकी प्रवक्ता शाश बेड्रोसियनले इजरायलले सबै २० जीवित बन्धकहरूलाई सोमबार बिहान रेड क्रसलाई एकसाथ हस्तान्तरण गरिने र त्यसपछि उनीहरूलाई इजरायल ल्याइने अपेक्षा गरेको बताइन् । प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले इजरायल बन्धकहरूलाई लिन तयार रहेको बताएका छन् ।
गाजाको हमास-नियन्त्रित सिभिल डिफेन्सले जीवित इजरायली बन्धकहरूको गणना पूरा गरी रिहाइअघि उनीहरूलाई अलग-अलग स्थानमा पठाइएको बताएको छ । बीबीसीका स्रोतहरूका अनुसार हमासले अझै पनि मरवान बरघूती र अहमद सादातसहित सात उच्च-प्रोफाइल कैदीहरूको रिहाइको माग गरिरहेको छ । यदि यी सातमध्ये दुई जनालाई मात्र पनि रिहा गरिएमा आजै सबै बाँकी बन्धकहरूलाई छोडिने उनीहरूको भनाइ छ ।
यता, अमेरिकाका उपराष्ट्रपति जेडी भेन्सले बन्धकहरूको रिहाइ जुनसुकै बेला हुन सक्ने बताएका छन् । उनले राष्ट्रपति ट्रम्प सोमबार इजरायल पुगेपछि रिहा भएका मानिसहरूसँग भेट गर्ने पनि बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण