फष्ट लुक्ससँगै ‘मुगलान’ को रिलिज मिति घोषणा
सारांश
- फिल्म 'मुगलान' पुस १० गते प्रदर्शनमा आउने भएको छ, निर्माण टिमले फष्टलुक्स सार्वजनिक गर्यो।
- फष्टलुक्समा प्रभात पाल र स्मारिका ढकाललाई ग्रामीण भेसभुसामा देखाइएको छ, जसले प्रेम कथा झल्काउँछ।
- आशिष ढकालको लेखन र निर्देशन रहेको फिल्ममा प्रभात पाल, स्मारिका ढकाल लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । फिल्म ‘मुगलान’ आगामी पुस १० गते (डिसेम्बर २५) देखि प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले सोमबार फिल्मको फष्टलुक्स सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।
फष्टलुक्समा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेसभुसामा देखाइएको छ । प्रभात बाँसुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालुपनमा छिन् । यसले उनीहरू बिचको प्रेमकथा झल्काएको छ । उनीहरू फिल्ममा नेपाली गाउँ–समाज र परदेश–पृष्ठभूमि समेटिएको सङ्केत गर्छ ।
रेहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सविन बास्तोला लगायतका कलाकारको अभिनय छ । फिल्मलाई आशिष ढकालले लेखन र निर्देशन गरेका हुन् भने गोमनसिंह यसको निर्माता हुन् । को–प्रोड्युसरमा रिता चौधरी रहेकी छन् ।
फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् । जय विष्ट र राम गुरुको द्वन्द्व निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको छ । फिल्ममा कोरियोग्राफर देवेन्द्र कुँवरको छ भने डिओपी अजय रेग्मीको छ ।
किरण भुसालको संगीत रहेको फिल्मले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र सङ्घर्षको कथा उजागर गर्नेछ । फिल्मको वितरणको जिम्मा आर आर फिल्मसले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण