ट्राफिकले जेनजी प्रदर्शनमा जलेको कागजपत्रको सिफारिस अनलाइनमार्फत दिने
सारांश
- काठमाडौँमा ट्राफिक प्रहरीले जलेका कागजातको प्रतिलिपि लिन अनलाइन सिफारिस दिने भएको छ।
- भदौ २३ र २४ गतेको प्रदर्शनमा आगजनी हुँदा कागजात जलेका थिए।
- सेवाग्राहीले प्रहरी प्रधान कार्यालयको वेबसाइटमार्फत फारम भरेर सिफारिस लिन सक्नेछन्।
काठमाडौँ । जेनजी प्रदर्शनमा जलेका कागजपत्रको प्रतिलिपि लिनको लागि ट्राफिक प्रहरीले अनलाइन माध्यमबाटै सिफारिस दिने भएको छ । ट्राफिक कारबाहीको क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरूमा राखिएका कागजात भदौ २३ र २४ मा भएको प्रदर्शनमा उच्छृङ्खल समूहले आगजनी गरेका थिए ।
सवारी चालक अनुमति पत्र, इजाजत पत्र र सवारी दर्ता किताब लगायतका कागजात पुनः प्राप्तिको लागि अनलाइनमार्फत सिफारिस लिन सकिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । उनले भने– ‘प्रहरी प्रधान कार्यालयको वेबसाइटमार्फत उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रवेश गरेर कागजात हराएमा भन्ने विकल्प क्लिक गरेर फर्म भर्न सकिन्छ ।’
सेवाग्राहीले फारम भरेपछि ट्राफिक प्रहरी कार्यालयले क्युआर कोड सहितको सिफारिस पत्र अनलाइन माध्यमबाट नै पठाउने एसपी सुवेदीले बताए । उनले भने– ‘फारम भरेपछि प्राप्त आवेदन नम्बर चाहिँ सेवाग्राहीले नोट गरेर राख्नुपर्छ ।’
उपत्यका ट्राफिक प्रहरी कार्यालयको सिफारिस लिएर सेवाग्राहीले यातायात व्यवस्था कार्यालयमा गएर आफ्नो कागजात बनाउन सक्छन् । ट्राफिकले दिएको २४ घण्टे पुर्जी वा सिफारिस पत्र देखाएर पनि तत्कालको लागि सवारी साधन सञ्चालन गर्न सकिने एसपी सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण