महराविरुद्धको अभियोग पत्र दर्ता, मंगलबारदेखि थुनछेक बहस
सोमबार, २७ असोज २०८२, १६ : ५६
सारांश
- पूर्व सभामुख कृष्ण बहादुर महराविरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैद सजाय मागसहितको अभियोग पत्र दर्ता भएको छ।
- महरालाई सुन तस्करीमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
- चिनियाँ नागरिक ली हासोङ्गले सुन तस्करीमा महराको संलग्नता देखिएको थियो।
काठमाडौँ । पूर्व सभामुख कृष्ण बहादुर महरा विरुद्धको अभियोग पत्र अदालतमा दर्ता भएको छ । सरकारी वकिल कार्यालयले पेस गरेको अभियोग पत्र दर्ता भएको काठमाडौँ जिल्ला अदालतका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
उनीसँग ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैदसजाय माग दाबी गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो ।
२०७९ पुस १० मा चिनियाँ नागरिक ली हासोङ्गले इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न कसुरको पूरक अभियोगमा महरालाई मात्र प्रतिवादी कायम गरिएको छ ।
सो प्रकरणमा सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर पुनः मुद्दा चलाउन सिफारिस गरेको थियो ।
उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण