भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
सोमबार, २७ असोज २०८२, १८ : २०
काठमाडौँ । जाजरकोटको भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरिएको छ ।
सोमबार विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्तीसहित सात जनामाथि आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार कारागार रानागाउँ–नेट्टेबजार सडक निर्माण सम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता गरी आर्थिक लाभ लिएको ठहर भएपछि उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
भेरी नगरपालिकाले उक्त सडक निर्माणका लागि करिब रु २ करोड ८० लाख रुपैयाँ बराबरको लागत स्वीकृत गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्षेत्रीय शान्तिका लागि पाकिस्तानी प्रधानमन्त्री र साउदी क्राउन प्रिन्सबिच संवाद
-
इरानको सैन्य शक्ति समाप्त भइसक्यो: डोनाल्ड ट्रम्प
-
इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
-
लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु (अपडेट)
-
एसियाली करातेमा एरिकालाई कास्य पदक
-
इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण