मेलम्ची खानेपानीको पीआईडीमा अख्तियारको छापा
मङ्गलबार, २८ असोज २०८२, १९ : ३२
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजना अन्तर्गत आयोजना कार्यान्वयन इकाइ (पीआईडी) मा छापा मारेको छ ।
काठमाडौँको अनामनगरमा कार्यालय रहेको उक्त इकाइमा अख्तियारको टोलीले छापा मारेको हो । सो क्रममा महत्त्वपूर्ण कागजातहरू लिएर गएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
उनका अनुसार खानेपानीको डक्टाइल पाइप खरिदमा अनियमितता भएको सम्बन्धमा परेको उजुरीमाथि छानबिन गर्न यस्तो कागजात मगाइएको हो । अनुसन्धानपछि थप आवश्यक कागजात ल्याउने उनले बताए ।
‘हामीले केही कागजात ल्यायौँ, आवश्यकता अनुसार अझै केही ल्याउनुपर्ने हुन सक्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण