विश्वकप छनोट खेलमा रोनाल्डोको रेकर्ड
बुधबार, २९ असोज २०८२, ०८ : ३९
सारांश
- क्रिस्टियानो रोनाल्डोले विश्वकप छनोट खेलमा कीर्तिमान बनाएका छन्।
- उनले हंगेरीविरुद्धको खेलमा दुई गोल गर्दै विश्वकप छनौटमा सर्वाधिक गोलकर्ता बनेका हुन्।
- पोर्चुगल हंगेरीसँग २-२ गोलको बराबरीमा रोकिए पनि समूह एफमा शीर्ष स्थानमा छ।
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले विश्वकप छनोट खेलमा कीर्तिमान बनाएका छन् । उनी विश्वकप छनौटका खेलमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन् ।
रोनाल्डोले गएराति सम्पन्न हंगेरीविरुद्धको खेलमा दुई गोल गरेसँगै यस्तो कीर्तिमान बनाएका हुन् । रोनाल्डोले अहिलेसम्म विश्वकप छनौटमा कुल ४१ गोल गरेका छन् । रोनाल्डो ५१ खेलमा ४१ गोल गर्दै यो नयाँ कीर्तिमान कायम गरेका हुन् ।
रोनाल्डोपछि ग्वाटेमालामा कार्लोस रुइजले ३९ गोल गरेका छन् भने अर्जेन्टिनाका लियोनेल मेसीले विश्वकप छनौटमा ३६ गोल गरेका छन् ।
गएराती सम्पन्न हंगेरीविरुद्धको खेलमा रोनाल्डोले २ गोल गरेपनि पोर्चुगल २–२ गोलको बराबरीमा रोकिएको थियो । यो बराबरीपछि समूह एफमा रहेको पोर्चुगलको ४ खेलमा १० अंकसहित शीर्ष स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण