केन्द्रीय कमिटी बैठक
एमाले बैठक : समसामयिक प्रस्ताव तयार गर्न ३ सदस्यीय कमिटी
बुधबार, २९ असोज २०८२, १२ : ०९
सारांश
- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समसामयिक प्रस्तावको मस्यौदा तयार गर्न तीन सदस्यीय कमिटी गठन गरियो।
- उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा ३ सदस्यीय कमिटी गठन गरिएको छ।
- बैठकमा बहस नोटका लागि सूर्य थापाको नेतृत्वमा ३ सदस्यीय कमिटी बन्यो।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा समसामयिक प्रस्तावको मस्यौदा तयार गर्न तीन सदस्यीय कमिटी गठन गरिएको छ ।
ललितपुरको जावलाखेलस्थित एक पार्टी प्यालेसमा आज बुधवारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकले पारित गर्ने समसामयिक प्रस्ताव तयार गर्न उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा ३ सदस्यीय कमिटी गठन गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।
उक्त कमिटीमा नेताहरू राजेन्द्र गौतम र महेश बर्तौला सदस्य रहेका छन् । त्यसैगरी बैठकमा बहस नोटका लागि सूर्य थापाको नेतृत्वमा ३ सदस्यीय कमिटी बनेको छ ।
जसको सदस्यहरूमा केन्द्रीय सदस्य विष्णु रिजाल र निरज आचार्य सदस्य रहेका छन् । कार्यक्रममा नेकपा एमाले निर्वाचन आयोगका अध्यक्षमा मनोनीत विजय सुब्बालाई अध्यक्ष ओलीले शपथ खुवाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण