भेप प्रकरण
पूर्वसभामुख महराको थुनछेक बहस सुरु
बुधबार, २९ असोज २०८२, १२ : १४
सारांश
- पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस जिल्ला अदालत काठमाडौँमा सुरु भएको छ।
- अधिवक्ता मुरारी सापकोटाले सुनसम्बन्धी आरोपबारे गोश्वारा हुलाकको भनाइलाई मात्र आधार बनाएको जिकिर गरे।
- सापकोटाले सुन जफत भएको यकिन नभएको र अन्दाजको भरमा अभियोग लगाइएको आरोप लगाए।
काठमाडौँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौँमा महराको तर्फबाट अधिवक्ता मुरारी सापकोटाले बहस सुरु गरेका हुन् ।
सो क्रममा सापकोटाले भेपमा सुन छ भन्ने गोश्वारा हुलाक कार्यालयको भनाइलाई मात्रै आधार बनाएर अभियोजन गरिएको दाबी गरे । 'कति परिमाणमा सुन जफत भएको हो त्यो अभियोगपत्रमा देखाउन सकेको देखिँदैन, मात्रै अन्दाजको भरमा ९ केजी सुन भेपमा थियो होला भन्ने आधार लिएको देखियो', उनले भने ।
सुन जफत भएको भए यति परिमाण भनेर यकिन हुने उनको दाबी छ । अहिले बहस जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण