डाक्टर अस्मिता अर्यालको नियुक्ति पेशागत विज्ञताका आधारमा भएको हो : निगम
काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो क्लिनिकमा कार्यरत डाक्टरहरूको नियुक्ति सम्बन्धी सञ्चार माध्यममा आएका समाचारबारे स्पष्टीकरण दिएको छ। डाक्टर अस्मिता अर्यालको नियुक्ति अन्य डाक्टरहरू सरह नै पेशागत योग्यता, दक्षता र क्षमताका आधारमा भएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निगमले भनेको छ, 'डाक्टर अर्याललाई कसैको दबाब वा प्रभावमा नभई अन्य डाक्टरहरू सरह नै पेशागत योग्यता, दक्षता र क्षमताका आधारमा सेवामा लिइएको हो।'
निगमका अनुसार कर्मचारी कल्याणकारी परियोजनाअन्तर्गत सन् १९७० दशकदेखि नै कर्मचारी तथा उनीहरूका परिवारका सदस्यका लागि निःशुल्क उपचार र पाइलट, इन्जिनियर तथा क्याबिन क्रूजस्ता प्राविधिक जनशक्तिको अनिवार्य स्वास्थ्य परीक्षणका उद्देश्यले निगमले आफ्नो क्लिनिक सञ्चालन गरिँदै आएको छ।
यस्ता डाक्टरहरूलाई निगमले प्रतिमहिना रु. १० हजार सेवा सुविधाका रूपमा प्रदान गर्दै आएको निगमको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण