राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको बधाई
बुधबार, २९ असोज २०८२, २१ : २४
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोली टी–२० विश्वकप २०२६ का लागि तेस्रो पटक छनोट भई इतिहास रच्न सफल भएकोमा टोलीलाई हार्दिक बधाई दिएका छन् ।
राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत यो ऐतिहासिक सफलताका लागि सम्पूर्ण खेलाडी, प्रशिक्षक र नेपाल क्रिकेट सङ्घ (क्यान) प्रति आभार व्यक्त गरेका छन्। उनले नेपाली टोलीको यो उपलब्धि निरन्तर मेहनत, समर्पण र अनुशासनको प्रतिफल रहेको बताउँदै टोलीको प्रशंसा गरेका छन् ।
राष्ट्रपतिले भविष्यमा हुने विश्वकपको यात्रामा अझ धेरै गौरवपूर्ण सफलता प्राप्त होस् भनी कामनासमेत व्यक्त गरेका छन् । उनले नेपाली क्रिकेटको विकास र अन्तर्राष्ट्रिय मञ्चमा देशको पहिचान बढाउन टोलीले खेलेको भूमिकाको उच्च कदर गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण