श्रीलंकामा अन्डरवर्ल्ड सदस्यको हत्यामा संलग्न आरोपीसहित ६ जना नेपालबाट डिपोर्ट
काठमाडौँ । श्रीलंकाको अदालत परिसरमा अन्डरवर्ल्ड सदस्य गणेमुल्ला सन्जीवा भनिने सन्जीवा कुमारा समरारत्नेको हत्यामा संलग्न आरोपी र उनका सहयोगीलाई प्रहरीले नेपालमा पक्राउ गरेको छ ।
हत्यामा संलग्न इशारा सिउवान्डी सहित ६ जना सोमबार राति भक्तपुरबाट पक्राउ परेका हुन् ।
सिउवान्डीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलबाट रेड नोटिस जारी भएको थियो । सिउवान्डीलाई सहयोग गरेको आरोपमा दिनेश निकान्थ, निदेश श्यामान्था, जीवथसन कन्करासा, केन्डी वासटियमपिलाई र थाक्सी नन्थाकुमार पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ गरेर उपस्थित गराएको ६ जना श्रीलंकनलाई डिपोर्ट गर्ने निर्णय गरिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले रातोपाटीलाई बताए । उनले भने, ‘अवैध तवरले नेपाल बसेको भेटिएपछि डिपोर्ट गर्ने निर्णय गरिएको छ ।’
मंगलबारको निर्णय अनुसार उनीहरू बुधबार श्रीलंका फर्किएका छन् । फेब्रुअरी १९ मा कोलम्बो स्थित हल्फसड्रप कोर्ट परिसरभित्र गणेमुल्ला सन्जीवाको हत्या भएको थियो । हत्यामा प्रयोग गरिएको पेस्तोल इशारा सिउवान्डीले अदालत परिसरमा लगेर सुटरलाई दिएको बताइएको छ ।
हत्यापछि सिउवान्डी डुंगा चढेर भारत पुगिन् । त्यसपछि उनी नेपाल आएर भक्तपुरमा बस्न थालेको अनुसन्धानबाट थाहा भएको छ । अन्य ५ जनाले नेपालमा उनलाई सहयोग गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण