आईसीसी टी–ट्वान्टी विश्वकप
कुशलको अर्धशतकमा नेपालद्वारा ओमानलाई १५२ रनको लक्ष्य
बुधबार, २९ असोज २०८२, २२ : २१
सारांश
- कुशल भुर्तेलको अर्धशतक मद्दतमा नेपालले ओमानलाई १५२ रनको लक्ष्य दियो।
- नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनायो।
- ओमानका नदीम खानले सर्वाधिक चार विकेट लिए।
काठमाडौँ । कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया छनोटमा ओमानलाई १५२ रनको लक्ष्य दिएको छ ।
अल इमिरेट्स क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ वकेट गुमाउँदै १५१ रन बनायो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले ६९ रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै आसिफ शेखले २४ रन बनाउँदा गुलशन झाले १८ रन जोडे ।
ओमानका लागि नदीम खानले सर्वाधिक चार विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चे । त्यस्तै सुफ्यान मोहमोद र जितेन्द्रकुमार रमानन्दीले दुई दुई विकेट लिए ।
आजको खेलमा जित निकाल्दै दुवै टोली छनोट खेलको उपाधि जित्न चाहन्छन् । दुवै टोली विश्वकपमा छनोट भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण