शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रुसद्वारा सन् २००८ को युद्धका लागि जर्जियालाई क्षतिपूर्ति दिन अस्वीकार

बुधबार, २९ असोज २०८२, २२ : ४५
बुधबार, २९ असोज २०८२

सारांश

  • रुसले जर्जियालाई सन् २००८ को युद्धपछि गरेको सम्झौताको उल्लङ्घनका लागि क्षतिपूर्ति दिन युरोपेली अदालतको आदेशलाई पालना नगर्ने जनाएको छ।
  • सन् २००८ मा भएको युद्धपछि रुसले जर्जियाको २० प्रतिशत भूभाग कब्जा गरेको र स्थानीय सरकार स्थापना गरेको आरोप छ।
  • क्रेमलिनका प्रवक्ताका अनुसार, मस्कोले युरोपेली अदालतको जर्जियालाई क्षतिपूर्ति दिने निर्णयलाई स्वीकार गर्दैन।

मस्को ।रुसले जर्जियालाई सन् २००८ को युद्धपछि गरेको सम्झौताको कथित उल्लङ्घनका लागि करिब ३० करोड डलर तिर्न युरोपेली अदालतको आदेशको पालना नगर्ने क्रेमलिनले बुधबार जनाएको छ।

सन् २००८ मा तिक्लसीले मस्को समर्थक पृथकतावादी शक्तिविरुद्ध अचानक आक्रमण गरेपछि रुसले जर्जियाका गाउँहरूमा आक्रमण गरेको बताएको थियो।

तिबिलिसीका अनु्सार त्यसबेलादेखि रुसले उत्तरी र पश्चिमी जर्जियाको लगभग २० प्रतिशत क्षेत्रहरू कब्जा गरी आफूप्रति निष्ठावान् स्थानीय सरकारहरू स्थापना गरेको छ । यसले जातीय जर्जियाली नागरिकहरूको फिर्तीलाई रोकेको छ।

रूस समर्थक स्थानीय सरकारले प्रभावित क्षेत्रका विद्यालयहरूमा जर्जियाली भाषाको शिक्षणमा पनि रोक लगाएको जर्जियाली सरकारले दाबी गर्दै आएको छ। 

मङ्गलबार मानवअधिकारसम्बन्धी युरोपेली अदालतले जर्जियाको उजुरीलाई समर्थन गर्दै मस्कोलाई क्षतिपूर्तिको रूपमा २५ करोड ३० लाख युरो ९२९।२ करोड अमेरिकी डलर० भन्दा बढी तिर्न आदेश दिएको थियो।

यसैबीच, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार भने, “हामी युरोपेली अदालतको जर्जियालाई क्षतिपूर्ति दिनेसम्बन्धी निर्णयको पालना गर्दैनौँ ।”

मस्कोले सन् २०२२ मा युक्रेनमाथि गरेको आक्रमणपछि युरोपेली परिषद्बाट बाहिरिएको थियो, तर अदालतले यसअघि गरेको उल्लङ्घनका लागि यो उत्तरदायी रहेको बताएको छ।

अझै पनि युरोपको परिषद्को सदस्य रहेको मस्कोले युरोपेली मानवअधिकार सन्धिको निर्णयहरूलाई बारम्बार बेवास्ता गरेको छ। 

जर्जियाले सन् २००८ को युद्धपछि औपचारिक रूपमा रुससँगको कूटनीतिक सम्बन्ध तोडेको थियो, तर हालैका वर्षहरूमा सम्बन्ध सुधारका लागि अनौपचारिक कदम चालेको छ ।

बुधबार जरिवाना नतिरेको प्रश्नमा पेस्कोभले यो ‘छुट्टै विषय’ भएको बताए । 

मस्कोले अब्खाजिया र दक्षिण ओसेटियाको टुक्रिएको जर्जियाली क्षेत्रहरूलाई स्वतन्त्र रूपमा मान्यता दिन्छ भने विश्वका अधिकांश भागहरूले उनीहरूलाई जर्जियाली क्षेत्रको रूपमा मान्यता दिन्छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप