बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

छात्रवृत्तिका चिकित्सकलाई निजी अस्पतालमा काम नगर्न निर्देशन

बिहीबार, ३० असोज २०८२, ०० : ३६
बिहीबार, ३० असोज २०८२

सारांश

  • लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिका चिकित्सकहरूलाई निजी अस्पतालमा काम नगर्न निर्देशन दिएको छ।
  • मन्त्रालयले बुधबार मातहतका अस्पतालमा रहेका छात्रवृत्तिका चिकित्सकहरूलाई यस्तो निर्देशन दिएको हो।
  • वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासकका अनुसार, यो निर्देशन चिकित्साशास्त्र छात्रवृत्ति कार्यविधि, २०७२ अनुसार दिइएको हो।

दाङ। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिका चिकित्सकहरूलाई निजी अस्पतालमा काम नगर्न निर्देशन दिएको छ । 

बुधबार मन्त्रालय मातहतका अस्पतालमा रहेका छात्रवृत्तिका चिकित्सकहरूलाई यस्तो निर्देशन दिइएको हो । वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरीले सरकारी शिक्षण संस्थाहरूमा चिकित्साशास्त्र छात्रवृत्ति छनौट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२ बमोजिम कामकाजमा खटिएका विशेषज्ञ चिकित्सकलाई यस्तो निर्देशन दिइएको बताए । 

नियमानुसार नेपाल सरकारबाट नियुक्ति लिएका चिकित्सकहरूले निजी रूपमा चिकित्सकीय सेवा प्रदान गर्न नपाइने प्रावधान छ । सोहीअनुसार बुधबार प्रदेशका सबै अस्पताललाई पत्र लेख्दै यस्तो निर्देशन गरिएको प्रशासक चौधरीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप