शताब्दीको सम्बन्धविच्छेद : पूर्वपत्नीलाई १ अर्ब डलर दिनबाट जोगिए अर्बपति
सारांश
- दक्षिण कोरियाको सर्वोच्च अदालतले अर्बपति चे टाय-वोनलाई उनकी पूर्व पत्नीलाई दिनुपर्ने आदेश खारेज गर्यो।
- सम्पत्तिको गलत गणना भएको भन्दै मुद्दा पुनरावलोकन गर्न आदेश दिइएको छ।
- सर्वोच्च अदालतले पूर्व राष्ट्रपतिको 'स्लश फन्ड' लाई दम्पतीको सम्पत्ति मान्न नमिल्ने फैसला सुनायो।
सिओल । दक्षिण कोरियाको सर्वोच्च अदालतले ‘शताब्दीको सम्बन्धविच्छेद’ भनिएको एक मुद्दामा अर्बपति चे टाय-वोनलाई उनकी पूर्वपत्नीलाई १.३८ खर्ब वन (१ अर्ब डलर) दिनुपर्ने तल्लो अदालतको आदेश खारेज गरेको छ। सम्पत्तिको मूल्यमा गलत गणना भएको भन्दै सर्वोच्च अदालतले उक्त मुद्दालाई पुनरावलोकन गर्न आदेश दिएको हो।
शक्तिशाली एसके समूहका प्रमुख चे टाय–वोन र पूर्वराष्ट्रपतिकी छोरी रो सो–यङ बिचको यो मुद्दाले दक्षिण कोरियामा निकै चर्चा पाएको छ। चेले आफ्नी प्रेमिकाबाट बच्चा भएको स्वीकार गरेपछि सन् २०१५ मा उनीहरूको वैवाहिक सम्बन्ध टुटेको थियो।
सन् २०२४ मा सियोलको एक अदालतले १.३८ खर्ब वनको क्षतिपूर्ति तोकेको थियो, जुन त्यो समयमा दक्षिण कोरियाको इतिहासकै सबैभन्दा ठूलो सम्बन्धविच्छेदको फैसला मानिएको थियो । तल्लो अदालतले रो सो–यङका पिता, पूर्वराष्ट्रपति रो ताय–वूको ३० अर्ब वनको ‘स्लश फन्ड’ ले एसके समूहको वृद्धिमा योगदान पुर्याएको र यसलाई संयुक्त सम्पत्ति मान्न सकिने तर्क गरेको थियो।
तर, बिहीबार सर्वोच्च अदालतले उक्त स्लश फन्ड पूर्व राष्ट्रपतिले ‘अवैध रूपमा लिएको घुसबाट उत्पन्न भएको’ देखिएको र यसलाई दम्पतीको सम्पत्तिको रूपमा मान्न नमिल्ने फैसला सुनायो। यद्यपि, सर्वोच्च अदालतले रो सो-यङलाई २ अर्ब वनको गुजारा भत्ता दिने आदेश भने कायम राखेको छ।
यस फैसलापछि एसकेको शेयर ५.४ प्रतिशतले घटेको छ, किनकि यसले चे र उनकी पूर्वपत्नी बिचको कानूनी लडाईलाई लम्ब्याउने देखिएको छ। चे एसके समूहका मुख्य सहायक कम्पनीहरू जस्तै एसके टेलिकम र एसके इनोभेसनलाई नियन्त्रण गर्छन्। -बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण