जापानलाई हराउँदै यूएई पनि टी–२० विश्वकपका लागि छनोट
काठमाडौँ । जापानलाई हराउँदै यूएई पनि आगामी वर्ष हुने टी–२० विश्वकप २०२६ का लागि छनोट भएको छ ।
बिहीबार ओमानमा भएको सुपर सिक्स अन्तर्गतको खेलमा यूएईले जापानलाई ८ विकेटले हराएको हो ।
जीतसँगै ५ खेलबाट यूएईको ६ अङ्क पुगेको छ । यसअघि नेपाल र ओमान एसिया तथा ईएपी क्वालिफायरबाट विश्वकपका लागि स्थान पक्का गरिसकेका छन् ।
जापानले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष्य यूएईले मात्र १२.१ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि ओपनर अलिसान शरापुले २७ बलमा ४६ रनको योगदान दिए । उनले ४ चौका र ३ छक्का हिर्काए ।
त्यस्तै, मुहमद वसिमले २६ बलमा ४२ रन जोडे । उनले ८ चौका प्रहार गरे । राहुल चोपराले १४ रन तथा मयंक चौधरीले १३ रन बनाए ।
यसअघि हैदर अलिले घातक बलिङ गर्दै ३ विकेट लिएपछि जापानले निर्धातिर २० ओभरमा ९ विकेटको क्षतिमा ११६ रन मात्र बनाउन सक्यो ।
टोलीका लागि पुछारका खेलाडी वाटारु मियाउचीले ३२ बलमा सर्वाधिक ४५ रनको इनिङ्स खेले । उनले ३ चौका र २ छक्का प्रहार गरे । इसम रहमानले २६ बलमा ३ चौकाको मद्दतले २३ रन बनाए ।
अब्दुल समादले ११ तथा अभिषेक आनन्दले १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । यूएईका लागि मुहमद अरफानले २ विकेट तथा जुनैद सिद्धिकी, ध्रुव परासर र जाहिद अलिले १–१ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण