कात्तिक ३ गतेदेखि ७ गतेसम्म सर्वोच्च अदालत बन्द, बन्दीप्रत्यक्षीकरण रिटमा सेवा निरन्तर
बिहीबार, ३० असोज २०८२, २२ : २३
सारांश
- सर्वोच्च अदालत कात्तिक ३ देखि ७ गतेसम्म दीपावलीको अवसरमा बन्द रहनेछ।
- भाइटिका र शनिबार बाहेकका दिनमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनको सुनुवाइ हुनेछ।
- बिदामा बन्दीप्रत्यक्षीकरणका रिट निवेदनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुनुवाइ हुनेछ।
काठमाडौँ । दीपावलीको अवसरमा सर्वोच्च अदालत आगामी कात्तिक ३ गतेदेखि ७ गतेसम्म बन्द रहने भएको छ । सर्वोच्च अदालतले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटिका र शनिबार बाहेकका दिनमा बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन लिई सुनुवाइ गरिनेछ ।
सूचनामा भनिएको छ, ‘दीपावली बिदाका क्रममा अदालत बन्द रहे पनि बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म बन्दीप्रत्यक्षीकरणका रिट निवेदनमा सुनुवाइ हुनेछ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
-
मंगलबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
निर्वाचन आयुक्तद्वय वाग्ले र सुब्बाको सुनुवाइ गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
-
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण