देश अप्ठेरो अवस्थामा छ, देशभक्त शक्तिहरू एकताबद्ध होऔँ: नारायणकाजी श्रेष्ठ
सारांश
- माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देश अप्ठेरो अवस्थामा रहेको बताए।
- उनले देशभक्त, जनपक्षीय र सुशासनका पक्षमा उभिएका शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरे।
- श्रेष्ठले राष्ट्रिय हित र समृद्धिलाई केन्द्रमा राख्दै नयाँ चेतनाका साथ अघि बढ्न आग्रह गरे।
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले देश निकै अप्ठेरो अवस्थामा रहेको बताउँदै सबै देशभक्त, जनपक्षीय र सुशासनका पक्षमा उभिएका शक्तिहरू एकताबद्ध हुनुपर्ने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले राष्ट्रिय सार्वभौमिकता, जनताको सम्प्रभुता, राष्ट्रिय एकता, लोकतन्त्र, सुशासन र समृद्धिलाई केन्द्रमा राख्दै नयाँ चेतना ग्रहण गर्न र नयाँ आवश्यकताअनुसार अघि बढ्न सबैलाई आह्वान गरेका हुन् ।
‘हाम्रो मुलुक यति बेला धेरै नै अप्ठेरो अवस्थामा छ । राष्ट्रिय सार्वभौमिकता , नेपाली जनताको सम्प्रभुता, राष्ट्रिय एकता, लोकतन्त्र ,सुशासन र समृद्धि लाई केन्द्रमा राख्दै र जेनजी पुस्ताको पछिल्लो विद्रोहात्मक आन्दोलनको मर्म र भावलाई समेत आत्मसात् गर्दै सम्पूर्ण देशभक्त र सुशासन एवं समृद्धिको लक्ष प्रति इमानदार जनपक्षीय शक्तिहरू एकताबद्ध होऔँ,’ श्रेष्ठले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण