खेलकुद
उपाधिको लक्ष्यका साथ विश्वकप छनोटको अन्तिम खेलमा आज सामोआसँग भिड्दै नेपाल
शुक्रबार, ३१ असोज २०८२, ०७ : १८
सारांश
- ओमानमा जारी टी-२० विश्वकप छनोटमा नेपालले सामाओसँग प्रतिस्पर्धा गर्दैछ।
- नेपालले यसअघि ओमानलाई हराएर सुपर सिक्समा शीर्ष स्थान बनाएको छ।
- नेपालले सामोआलाई हराएमा छनोटको उपाधि जित्नेछ।
काठमाडौँ । ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आज सामोआसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल आज दिउसो ४ः१५ बजे सुरु हुनेछ ।
दुई खेल अगावै टी–२० विश्वकपमा स्थान बनाएको नेपाल छनोटको उपाधि उचाल्ने लक्ष्यका साथ आज प्रतिस्पर्धामा उत्रिने भएको छ । नेपालले बुधबार राति बलियो प्रतिद्वन्द्वी सामोआलाई ३८ रनले हराएको थियो ।
नेपाल सुपर सिक्समा ८ अङ्कसहित शीर्षस्थानमा छ । दोस्रो र तेस्रो स्थानमा रहेका यूएई र ओमानको ६–६ अंक रहेको छ । यूएईले अब कुनै खेल खेल्न बाँकी छैन भने ओमानले आजै अन्तिम खेलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालले अब शुक्रबार सामोआलाई हराएमा अपराजित रहँदै छनोटको उपाधि चुम्नेछ । सुपर सिक्सबाट नेपालसँगै ओमान र यूएई विश्वकपमा पुगिसकेका छन् । जापान, कतार र सामाओ भने विश्वकपबाट बाहिरिइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण