एमाले राजनीति
एमाले केन्द्रीय कमिटी बैठक : केन्द्रीय निकायका अध्यक्ष बोल्दै
शुक्रबार, ३१ असोज २०८२, १५ : ४६
सारांश
- एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखेका छन्।
- ललितपुरको जावलाखेलस्थित भनिमण्डलमा बैठक बसेको थियो जहाँ राजनीतिक प्रतिवेदनमाथि छलफल भयो।
- बैठकमा केन्द्रीय निकायका अध्यक्ष र पदाधिकारीले धारणा राखेपछि अध्यक्षले सम्बोधन गर्नेछन्।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय कमिटी,पोलिटब्युरो स्थायी कमिटी सदस्यले धारणा राखिसकेका छन् ।
बैठकको तेस्रो दिन केन्द्रीय सदस्य,पोलिटब्युरो र स्थायी कमिटी सदस्यहरूले बोल्ने क्रम सकिएपछि केन्द्रीय निकायका अध्यक्षहरूले बोल्न थालेका छन् ।
ललितपुरको जावलाखेलस्थित भनिमण्डलमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्यले आ–आफ्नो धारणा राख्ने क्रम सकिएपछि स्थायी कमिटी सदस्य र केन्द्रीय निकायका अध्यक्षले धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार केन्द्रीय निकायका अध्यक्षपछि केन्द्रीय पदाधिकारीले बोल्ने र त्यसपछि अध्यक्षले सम्बोधन गरेर बैठक सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण