धोबाहा खोला पुलको सम्झौता अन्त्य गर्ने तयारी
सारांश
- सरकारले निर्माण कार्य अघि नबढेका आयोजनाहरूको सम्झौता अन्त्य गर्ने प्रक्रिया थालेको छ।
- नवलपरासीको धोबाहा खोला पुल निर्माण नगरेको भन्दै सम्झौता तोड्ने सूचना जारी गरियो।
- निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न र कार्ययोजना बुझाउन भनिएको छ।
काठमाडौँ । सरकारले निर्धारित समयमा निर्माण कार्य अघि नबढेका आयोजनाहरुको सम्झौता अन्त्य गर्ने प्रक्रियालाई तीव्र बनाएको छ । यसै क्रममा नवलपरासीको धोबाहा खोला पुलको सम्झौता किन अन्त्य नगर्ने भन्दै पुल सेक्टर नेपालगन्जले एक सूचना जारी गरेको छ ।
पुल निर्माणबारे गौरी पार्वती निर्माण सेवा तथा सडक विभाग, पुल महाशाखा बिच सम्झौता भए पनि निर्माण कार्य सुरु नगरेको भन्दै उक्त सम्झौता तोड्ने तयारी गरिएको हो ।
कार्यालयबाट पटक पटक मौखक तथा लिखित रुपमा पत्रचार गर्दा समेत पनि निर्माण कार्य सुरु गर्ने तर्फ तदारुकता नदेखाएकोले निर्माण व्यवसायीबाट सम्झौताको मौलिक उल्लङ्घन भएको हुँदा सूचना प्रकाशनको मितिले १५ दिन भित्र कार्य सम्पन्न गर्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो तथा यथार्थपरक कार्ययोजना, यथाशीघ्र कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का अन्त्य गर्नु पर्ने कुनै मनासिब कारण भए सोको स्पष्टीकरण सहित कार्यालयमा उपस्थित हुन सूचनामार्फत आग्रह गरिएको छ ।
'आधिकारिक व्यक्तिहरू उपस्थित भई चित्त बुझ्दो स्पष्टीकरण तथा सत्य प्रमाण र कार्य सम्पन्न गर्ने विश्वासिलाे आधार पेश नभएमा ठेक्का सम्झौता शर्त तथा प्रचलित कानुन बमोजिम ठेक्का अन्त्य गर्ने तर्फ कारबाही प्रक्रिया अघि बढाइने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ', सूचनामा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण