अगरबत्ती उद्योगमा आगलागी
शनिबार, ०१ कात्तिक २०८२, १५ : ३५
सारांश
- रुपन्देहीको सिद्धार्थनगरमा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको छ।
- विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ, जसले गर्दा २ करोडभन्दा बढीको क्षति भएको छ।
- दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइयो।
बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ६ स्थित भैयाटोलमा रहेको अगरबत्ती उद्योगमा आगलागी भएको छ । आज बिहान न्यु जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ्ग उद्योगमा आगलागी भएको हो । विद्युत् सट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
आगलागीका कारण उद्योगभित्र रहेको अगरबत्ती, धूप, तेल, नगद, मेसिन, सीसीटिभी क्यामेरा, कम्प्युटर लगायतका सामग्रीहरू जलेर नष्ट भएका छन् । उद्योगका सञ्चालक श्रीराम गुप्ताले आगलागीबाट करिब २ करोड मूल्य बढीको क्षति भएको बताए ।
सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो निभाइएको सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं विपद् व्यवस्थापन समितिका संयोजक मुक्तिनाथ यादव (भोला) ले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण