बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अफगानिस्तानमा भएको पाकिस्तानी हवाई आक्रमणमा १७ जनाको मृत्यु

शनिबार, ०१ कात्तिक २०८२, १६ : ४३
शनिबार, ०१ कात्तिक २०८२

सारांश

  • पक्तिका प्रान्तमा पाकिस्तानी हवाई आक्रमणमा तीन क्रिकेट खेलाडीसहित १७ जनाको मृत्यु भयो।
  • अर्गुन जिल्लाको खन्डारो गाउँमा भएको आक्रमणमा महिला र बालबालिकासहित १६ जना घाइते भए।
  • अफगान सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल दोहामा वार्ताका लागि प्रस्थान गर्यो, जसमा युद्धविरामबारे छलफल हुनेछ।

काबुल । पूर्वी अफगानिस्तानको पक्तिका प्रान्तमा शुक्रबार राति भएको पाकिस्तानी हवाई आक्रमणमा तीन क्रिकेट खेलाडीसहित कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय टोलो न्युजले शनिबार सुरक्षा स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

स्रोतका अनुसार अर्गुन जिल्लाको खन्डारो गाउँमा स्थानीय समय अनुसार बेलुका करिब ८ः ३० मा आक्रमण भएको थियो । पाकिस्तानी जेट विमानले एउटा घरलाई लक्षित गरी गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित अन्य १६ जना घाइते भएका छन् ।

वार्ताका लागि रक्षामन्त्री मावलवी मोहम्मद याकूब मुजाहिदको नेतृत्वमा अफगान सरकारको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिबार कतारको दोहा गएको अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले विज्ञप्ति मार्फत जनाएका छन् ।

स्थानीय मिडियाका अनुसार अफगानिस्तान र पाकिस्तानका प्रतिनिधिमण्डलले युद्धविराम विस्तार गर्ने र अन्य मुद्दाहरूमा छलफल गर्न दोहामा वार्ता गर्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप