चन्द्रनिगाहपुर प्रहरी भवन स्थानीयको सहयोगमा पुनःनिर्माण, प्रहरीलाई हस्तान्तरण
सारांश
- चन्द्रनिगाहपुरको इलाका प्रहरी कार्यालय भवन स्थानीयको सहयोगमा पुनःनिर्माण भई हस्तान्तरण गरियो।
- डीएसपी रुपा लाबुङले भवन समुदायको सुरक्षा र सहअस्तित्वको प्रतीक भएको बताइन्।
- पुनःनिर्माणमा ७ लाख २८ हजार ४५१ नगद र जिन्सी सामग्री सहयोग प्राप्त भयो।
रौतहट। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवन स्थानीयवासीको सक्रिय सहयोगमा पुनःनिर्माण भई औपचारिक रूपमा प्रहरीलाई हस्तान्तरण गरिएको छ।
शनिबार एक विशेष कार्यक्रमका बिच भवन हस्तान्तरण गरियो। कार्यक्रमकी प्रमुख अतिथि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डीएसपी रुपा लाबुङले भवन पुनःनिर्माणमा सहयोग गर्ने सम्पूर्ण दाताहरूप्रति आभार व्यक्त गरिन्। उनले यो भवन समुदायको सुरक्षा र सहअस्तित्वको प्रतीक भएको बताइन्।
पुनःनिर्माणमा सक्रिय रुपेश जैसवालले खर्च विवरण सार्वजनिक गर्दै नगद ७ लाख २८ हजार ४५१ सहित करिब ४ लाख बराबरको जिन्सी सामग्री सहयोग प्राप्त भएको जानकारी दिए। निर्माणमा खर्च कटाएर चन्दा सङ्कलन पश्चात पनि २ लाख ५२ हजार तिर्न बाँकी रहेको उनले बताए।
स्थानीय समाजसेवी तेज विक्रम कार्कीले भवन पुनःनिर्माणलाई नागरिक र सुरक्षाकर्मीबीचको विश्वास र सहकार्यको उदाहरणको रूपमा लिए। निर्माणमा सक्रिय योगदान पुर्याउने सञ्जय कार्की, हर्क मोक्तान, रुपेश जैसवाल र बलराम भण्डारीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो।
इलाका प्रहरी कार्यालयले अब पुनःनिर्मित भवनबाट नियमित सेवा सञ्चालन गर्ने जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण