कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक १३ गते बस्ने
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्यवाहक सभापतिको अध्यक्षतामा बस्यो।
- बैठकले ऋषिकेश गौतमको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्यो।
- बैठकले पार्टीका नेता तथा कार्यकर्तालाई गौतमप्रति श्रद्धाञ्जली दिन आह्वान गर्यो।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको छ।
बैठकले नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री, नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य तथा कांग्रेस बाराका पूर्व सभापति ऋषिकेश गौतमको ८४ वर्षको उमेरमा निधन भएको खबरप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली प्रकट गरेको छ।
लोकतान्त्रिक आन्दोलनका सक्रिय योद्धा गौतमको निधनले नेपाली कांग्रेसले एक इमानदार, समर्पित र संघर्षशील नेताको असमयीन क्षति व्यहोरेको भन्दै बैठकले उनको योगदानको स्मरण गरेको छ। बैठकले पार्टीका सबै तहका नेता तथा कार्यकर्तालाई गौतमप्रति श्रद्धाञ्जली अर्पण गर्न अपील गरेको छ।
बैठकले स्वर्गीय गौतमप्रति सम्मान प्रकट गर्दै कात्तिक १, २ र ३ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने र कात्र्तिक २ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।
त्यस्तै स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री, नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस बाराका पूर्व सभापति ८४ वर्षीय ऋषिकेश गौतमको असोज ३१ गते राति काठमाडौको पेप्सीकोला स्थित निजी निवासमा निधन भएको थियो ।
कार्यसमिति बैठक पुनः २०८२ कात्तिक १३ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमै बस्ने निर्णय गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण