नेपालकै सबैभन्दा अग्लो 'हाइलाइन' अभ्यास
पर्वत । पर्वतको कुस्मा र बाग्लुङको बलेवाबिच रहेको कालीगण्डकी खोँचमा नेपालको सबैभन्दा अग्लो र लामो 'हाइलाइन' अभ्यास गरिएको छ। यो अभ्यास 'द क्लिफ'मा पहिलोपटक भएको हो।
हाल जर्मनीमा बसोबास गरिरहेका धनकुटाका शङ्कर कोइरालाले आफ्नो 'ड्रीम प्रोजेक्ट'का रूपमा यो कार्यक्रम गरेका हुन्। कोइराला १५ वर्षदेखि युरोपमा हाइलाइन अभ्यास गर्दै आएका छन्।
द क्लिफका अध्यक्ष राजु कार्कीका अनुसार नेपालमा पहिलोपटक यति ठुलो उचाइमा हाइलाइन गरिएको हो। ४०८ मिटर लामो हाइलाइन डोरीले कुस्मातर्फ हार्नेस जिपलाइन र बलेवातर्फ द क्लिफलाई जोडेको छ। यो दक्षिण-पूर्वी एसियाकै दोस्रो लामो हाइलाइन भएको बताइएको छ।
असोज २९ देखि कात्तिक १ गतेसम्म चल्ने यो कार्यक्रम नेपाल स्ल्याकलाइन कम्युनिटी र 'द क्लिफ'को सहकार्यमा भएको हो। कोइरालाले साहसिक पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ यो परियोजना अघि बढाएको बताए।
हाइलाइन अभ्यासका लागि कोइराला सहित ३ जना नेपाली, १ जना न्यूजील्यान्डेली र २ जना जर्मनी नागरिक गरी ६ जनाको टोली सहभागी छ। उचाइ र जोखिमका कारण यो खेल चुनौतीपूर्ण मानिए पनि पूर्ण सुरक्षा मापदण्ड अपनाइएको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण