पशुपति क्षेत्रको नामकरणमा ‘विकास’ को ठाउँमा संरक्षण र संवर्द्धन राख्न माग
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषको नामाकरणमा ‘विकास’ लेखिएको स्थानमा संरक्षण र संवर्द्धन शब्द राखेमात्र यसको सोचअनुसार काम हुनसक्नेमा यस क्षेत्रका विज्ञहरूले जोड दिएका छन् ।
धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) ले २०४४ सालमा कोष गठन हुँदा पहिलो कार्यकारी प्रमुख भई काम गरेका देवीप्रसाद चापागाईंले आज आयोजना गरिएको साक्षात्कार कार्यक्रममा कोषको नाममा ‘विकास’ शब्द राखिएकाले पुरातात्त्विक महत्त्वका संरचना पनि जथाभावी रूपमा भत्काएर बनाउनतर्फ मात्र ध्यान गएको बताए ।
मूल मन्दिरअघिको पश्चिम भागमा रहेको धार्मिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वको आँगमघर पनि अन्यत्र सारेर विकास गरेजस्तो मात्र देखाइएको चापागाईंले धारणा राखे । 'उक्त नाममा संरक्षण र संवर्द्धन राखिएको भए धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्त्वका यस्ता संरचना जोगाउनतिर ध्यान जाने थियो, विकास नाम राखिएकाले भत्काएर बनाउनतिर मात्र ध्यान गएजस्तो छ, म कार्यकारी प्रमुख हुँदा यस्ता काम भएको थिएन,' पूर्वकार्यकारी प्रमुख चापागाईंले भने । त्यसबेला सञ्चालक परिषद् र कार्यकारी समिति बेग्लाबेग्लै बनाएर व्यवस्थित गरिएकामा यो संरचना २०४९ सालपछि बिगारिएको उनको भनाइ थियो ।
२०४९ पछि भने सञ्चालक परिषद्ले नीतिनियम पारित गर्ने र कार्यान्वयन पनि गर्नेगरी व्यवस्था गर्दा केही समस्या आएको आफूले अनुभव गरेको उनले बताए । हजारौँ वर्षदेखिको इतिहास भएको द्वादश ज्योतिर्लिङ्गको पनि शिर पशुपतिनाथको विश्वभरका हिन्दुमाझ प्रचारप्रसार गर्न सके नेपालमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने भएकाले पशुपति क्षेत्रलाई व्यवस्थित गरिनुपर्ने चापागाईंको धारणा थियो ।
समाजका अध्यक्ष पूर्णप्रसाद मिश्रले द्वादश ज्योतिर्लिङ्गको दर्शन गरिसकेपछि पशुपतिनाथको दर्शन नगरे मनोकामना सिद्ध हुँदैन भन्ने धार्मिक आस्थाका आधारमा विश्वभरका वैदिक सनातन धर्मावलम्बीले जीवनमा एकपटक पशुपतिनाथ आउन चाहने बताए । यसअनुसार प्रचारप्रसारका साथै भौतिक एवं सांस्कृतिक संरचनाको निर्माण नभएकाले यस्तो बहस सुरु गरिएको उनले उल्लेख गरे ।
यो बहसलाई कोषको कार्यकारी प्रमुख भई काम गरेका अन्य पदाधिकारीसम्म पनि विस्तार गरिने समाजले जनाएको छ । धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई व्यवस्थित गर्न सरोकार भएका निकायका अधिकारीहरूलाई यस्ता बहसमा समावेश गराइँदै लगिने पनि सो अवसरमा जानकारी गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण