हेटौँडामा तास खेल्दै गरेका ११ जना पक्राउ, ६ लाख नगद बरामद
सारांश
- मकवानपुर प्रहरीले हेटौँडाको बसपार्कबाट जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ।
- प्रहरीले खाजा घरमा छापा मार्दा ६ लाखभन्दा बढी नगद र तास बरामद गरेको छ।
- पक्राउ पर्नेमा खाजा घर सञ्चालक दम्पतीसहित विभिन्न व्यक्तिहरू रहेका छन्।
हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० बसपार्कबाट पैसाको हारजित हुने गरी तास खेलिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार शनिबार साँझ करिब साढे ५ बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले बसपार्कस्थित गुम्बा नजिक रहेको एउटा खाजा घरमा छापा मारी नगद ६ लाख ६ हजार ३१० रुपैयाँ र ११ बुक ताससहित ११ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकामध्ये खाजा घर सञ्चालक हेटौँडा–१० कर्रा बस्ने ३५ वर्षीय हिरालाल मोक्तान र उनकी श्रीमती ३५ वर्षीया वसन्ती ब्लोन रहेका छन् । त्यसैगरी हेटौँडा–१० बसपार्क टिसिएन रोडका ३७ वर्षीय अर्जुन तामाङ, न्युरेनीका ३८ वर्षीय टुमबहादुर वाइबा, बसपार्ककी ५० वर्षीया राममाया राना, हेटौँडा–४ हुप्रचौरकी ५० वर्षीया हिरामाया थिङ, सोही स्थानकी ३० वर्षीया शान्तिमाया तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी हेटौँडा १० बसपार्ककी ६६ वर्षीया कान्छी माया ब्लोन, हेटौँडा–११ थाना भर्याङकी ४५ वर्षीया सीता लामा, बागमती गाउँपालिका–५ ज्यामिरेका २७ वर्षीय राजेश दर्नाल र मनहरी गाउँपालिका–४ का ३० वर्षीय अनिल थापा पनि पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ परेकाहरूमाथि पैसाको हारजित हुने गरी तास खेल्ने कार्यमा संलग्न भएको अभियोगमा अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण