हालान्डको गोल वर्षा जारी, एभर्टन पराजित
म्यानेस्टर । अर्लिङ हालान्डले आफ्नो गोल गर्ने सनसनीपूर्ण सिलसिला जारी राख्दा म्यानचेस्टर सिटीले एभर्टनलाई हराएको छ । शनिबार भएको खेलमा सिटी २-० गोलले विजयी बनेको हो ।
हालैको अन्तर्राष्ट्रिय विश्रामका क्रममा नर्वेका लागि ह्याट्रिक गरेका उनले इत्तेहाद स्टेडियममा एभर्टनविरुद्ध दोस्रो हाफमा दुई गोल गरे । यससँगै यस सिजन क्लब र देशका लागि गरी १३ खेलमा उनको गोल सङ्ख्या २३ पुगेको छ।
२५ वर्षीय यी खेलाडी पहिलो हाफमा शान्त रहे पनि खेलको आफ्नो पहिलो अवसरमा नै उत्कृष्ट प्रदर्शन गरे । निको ओरेलीको क्रसमा शक्तिशाली हेडिङमार्फत उनले सिटीलाई अग्रता दिलाए । पाँच मिनेटपछि नै साभिन्होको कटब्याकमा उनले अर्को गोल थपे ।
त्यसअघि डेभिड मोयसको टोली एभर्टनले पनि राम्रा अवसरहरू सिर्जना गरिरहेको थियो तर ती अवसरहरूलाई गोलमा परिणत गर्न नसक्दा महँगो साबित भयो । सेनेगलका अन्तर्राष्ट्रिय खेलाडी इलिमान एन्डियाएले सिटीको रक्षापंक्तिलाई निकै दबाब दिएका थिए, जसको शक्तिशाली प्रहार सिटीका गोलकिपर जियानलुइगी डोनारुम्माले उत्कृष्ट बचाउ गरे ।
इभर्टनका जेक ओुब्रायनले आफ्नो क्रसबारमा हेडिङ गर्दा आत्मघाती गोल हुनबाट बचेका थिए । पहिलो हाफमा सिटीका साभिन्होले पनि केही राम्रा अवसर खेर फालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण